- आन्छुमे नसान
माङसेबुङ । लोकप्रिय गायक इन्द्रशुसिल चोङबाङ लिम्बू र लोकप्रिय गायिका थोक्फेला लिङदेनको आवाजमा पुर्वेली लोकभाकामा सजिएको विल्कुलै नयाँ गीत ‘फालेलुङ काटी’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।
गीतकार जीतेन मावोहाङ लिम्बूको शव्दभावहरुमा कृष्णभक्त राईको लय संकलन तथा संगीत संयोजन रहेको ‘फालेलुङ काटी’ भिडियो गायिका थोकफेला लिङदेनको जन्मदिनको अवसरमा सिमिकलुङ दर्पण युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
मिलन ताप्मादेनको डेव्यू निर्देशन, हाङसिङ चेम्जोङको सह–निर्देशन तथा सन्जित फलनाको कथा रहेको भिडियोमा थोकफेला लिङदेन, इन्द्रशुसिल चोङबाङ लिम्बू, राजु लावतीले अभिनय गरेका छन् ।
पान्थरका रमणिय स्थलहरुको वयान गर्दै शव्दसृजना गरिएको गीतको भिडियोमा हाटबजारमा भेट हुदां आखा जुधेपछि माया वसेको टिपिकल रोमान्टिक लभ स्टोरीलाई प्रस्तुत गरिएको छ ।
गीतकार जितेन लिम्बू मावोहाङको निर्माणमा बनेको भिडियोमा मनिता चोङवाङको मेकअप रहेको छ भने छायाँकन तथा सम्पादन इसाक जबेगुले गरेका हुन् ।
काव्या रेकर्डिङ स्टुडियो तथा किङग रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई नन्दु गुरुङले रेकर्डिङ गरेका हुन् भने राजु कर्कीले मिक्सिङ गरेका हुन् ।
भिडियो हेर्नुहोस…