दमक । प्रथम विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता २०७७ को पुरस्कार वितरण कार्यक्रम तथा साँगीतिक कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार दमकको किरात भवनमा याक्थुङ् हाक्पारे साम्लो सजुमको आयोजनामा पुरस्कार वितरण तथा साँगीतिक कार्यक्रममा सम्पन्न भएको हो ।
दूई सय ४० भन्दा धेरै प्रतियोगि सहभागी भएको उक्त प्रतियोगितामा प्रथम अमरजंग केदेम, द्धितीय गरिमाया लिम्बु र तृतीय मुक्ति इधिङगो भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का पूर्व अर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबोले विजेताहरुलाई नगदराशी क्रमस ५५ हजार, ३० हजार र २० हजार नगद पुस्कार र प्रशंसा–पत्र वितरण गरेका छन् ।
साथै विभिन्न उप–शिर्षक विजेता हुने १० जनालाई प्रसंशा–पत्रले सम्मान गरिएको थियो । यस अनलाईन प्रतियोगिताका निर्णायकहरुमा कलाकार यासेली योङहाङ, लोकप्रिय गायिका झुमा लिम्बु र कवि मधु केरुङ रहेका थिए ।
प्रमुख अतिथि आङबोले प्रतियोगिताका सम्पूर्ण विजेतालाई शुभकामना दिदै प्रदेश १ को नाम लिम्बुवान राखेता पनि आफुलाई आपत्ती नरहेको बताएका छन् तर प्रदेश १ मा खम्बुवान प्रान्त पनि पर्न गएको कारण सबैलाई समेट्ने गरी किरात नाम राख्न उपयूक्त हुने बताएका छन् ।
तर कोशी राख्ने षडयन्त्र भईरहेको प्रति आपत्ती जनाउँदै आफू त्यसको विरुद्धमा रहेको स्पष्ट पार्दै प्रदेश १ को नाममा पहिचान नजोडिएमा आफू त्यसको विरोधमा उत्रने बताए ।
पूर्व मन्त्री आङबोले लिम्बुवानका विषयमा आफुले दिएको अविव्यक्तिको गलत अर्थ लागेको भन्दै आफ्नो आसय त्यस्तो नभएको पनि स्पष्ट पारेका थिए ।
सजुमका अध्यक्ष इक्साहाङ चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङका प्रदेश १ अध्यक्ष धुर्व मेन्याङ्बो, साहित्यिक तथा राजनीति र सामाजिक व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमलाई निर्णायक समेत रहेका केरुङले संचालन गरेका थिए ।
कार्यक्रममा अन्तराष्ट्रिय लिम्बु टिकटक प्रतियोगिताका संयोजक मौसम लिम्बु (फु?लेन्देको बाउ), अन्तराष्ट्रिय पालामका प्रथम विजेता सुनिता केदेम लाबुङ लगायतलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा प्रतियोगीहरुले हाक्पारे साम्लो प्रस्तुत गरेका थिए ।