- चुक्सा याप्मी
माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरुको गौरवशाली संगठन किरात साम्यो नालीपुङवा मुजोलुङ पान्जुम्भोको पाँचौं महासम्मेलनमा नालिफुङवाका संस्थापक पदाधिकारीहरुलाई सम्मान गर्ने भएको छ ।
आगमी चैत २८, २९ र ३० गते किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र पुण्यभूमि माङ्सेबुङ् ५, स्थित लारुम्बामा सम्पन्न हुने उक्त कार्यक्रममा किरात साम्यो नालीपुङवा मुजोलुङ पान्जुम्भोका संस्थापक उपाध्यक्षद्धय डिल्ली थेबे लिम्बू(२०५८–२०६३) र हृदय थेगिम लिम्बू (२०५८–२०६३ र २०६३–२०६८) साथै संस्थापक सचिव भगिहाङ नेम्बाङ लिम्बू(२०५८–२०६३) सम्मान गर्ने भएको हो ।
यसैगरि सोही अवसरमा किरात लिम्बू भाषा सरकारी कामकाजी भाषा रुपमा इलामको माङसेबुङ वडा ५ मा लागू भएसंगै प्रसासनिक फाटमा पहिलो कर्मचारी भाषा सचिवको रूपमा कार्यरत निवर्तमान सदस्य सुनिल सेर्मालाई समेत पनि सम्मान गर्ने भएको छ ।
नालिफुङ्वा जुझारु पुरुस्कार २०७७
यस्तै किरात साम्यो नालिफुङवा पान्जुम्भोको स्थापना दिवसको अवसरमा प्रत्येक बर्ष १ पुरुष १ महिलालाई वितरण गर्दै आएकोमा यसवर्ष ‘नालीफुङवा जुझारु पुरस्कार २०७७’ किरात साम्यो नालीफुङवा माङसेबुङ पान्जुम्भो अध्यक्ष बाइस कुमार राई र पान्थर मिक्लाजङ ५, कुरुम्बा निवासी रेनुका लाओती प्रदान गर्ने भएको छ ।