इलाम । इलाम सदरमुकामको ठूलो टुडिखेलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको सहभागितामा भलिवल प्रतियोगिता आयोजना हुदैछ ।
बुधावरदेखि शुरु भई ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका राष्ट्रियस्तरका खेलाडीको सहभागिता हुने आयोजक जिल्ला भलिवल संघले जनाएको छ ।
प्रतियोगितामा नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लव, गण्डकी प्रदेश, विमान ट्रेडर्स विर्तामोड, गौरादह र दमक नगर भलिवल क्लवको सहभागीता रहने जिल्ला भलिवल संघका अध्यक्ष डाक प्रसाद गौतमले जानकारी दिए ।
विमान ट्रेडर्सवाट भारतको देल्ली, दमकवाट कोलकोत्ता र गौरादहवाट हरियाणाका खेलाडी प्रतिष्पर्धा गर्ने छन् । प्रतियोगिताका विजेताले दुई लाख एक हजार र उप विजेताले एक लाख एक हजार रुपैँय“ साथै ट्रफी प्राप्त गर्ने छन् । लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १२ वटा खेल हुने छन् ।
जिल्ला भलिवल संघले २०७६ वैशाख २६ देखि २९ सम्म पहिलो पटक आयोजना गरेको प्रतियोगितामा गण्डकी प्रदेशले उपाधी जितेको थियो ।
अघिल्लो वर्ष कोभिड १९ का कारण तयारी गरिए पनि प्रतियोगिता स्थगित गरिएको थियो । प्रतियोगिता सम्पन्न गर्न २१ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।