किरात साम्यो माङसेवासावा पान्जुम्भोको २३ औ स्थापना दिवस सम्पन्न(फोटो फिचर) - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात साम्यो माङसेवासावा पान्जुम्भोको २३ औ स्थापना दिवस सम्पन्न(फोटो फिचर)

माङसेबुङ । किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोको २३ औं स्थापना दिवस तथा वार्षिक चोमेन सेवा सम्पन्न भएको छ ।

बिहिबार इलामको माङसेबुङ ५ स्थित किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोको भवनमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रिय अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा पान्जुम्भोको २३ औं स्थापना दिवस तथा वार्षिक चोमेन सेवा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि केहेरसिं योङहाङ, विशेष अतिथि प्रमुख माङसेवासाव तथा संस्थापक अध्यक्ष तेज बहादुर थलङ, सम्मानित व्यत्तित्व किरात साम्यो माङसेवासावा थुम पान्जुम्भोका अध्यक्ष मानबहादुर सङबाङफे, माङसेवुङ गाउँ कार्यपालिका सदस्य तथा माङगेन्ना सदस्य पुर्ण कार्कीढोली, किरात साम्यो थामेन्दीङ माः मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष इधिङगो सरुहाङमा सेलिङ, जलपाईगुडी, कालेम्पुङ भारतका प्रतिनिधि अर्जुन लिङदम र साङदाङगेन वारुमसावा पदम चोङवाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसैगरि किरात साम्यो माङसेवासावा नेवाला पान्जुम्भो अध्यक्ष हरि थोक्लेहाङ, किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो झापाका सचिव सेर्मा धनबहादुर, किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो धनकुटाका अध्यक्ष रुस्तम खुजुम, किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो इलामका सह–सचिव ध्रुव फागो र किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो मोरङका सचिव चन्द्र आङबुहाङ लगायतले शुभकामना मन्तव्य संगै सांगठनिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा २३ औं स्थापना दिवसको अवसरमा किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो मोरङका अध्यक्ष सङवाङफे मानबहदुरलाई सम्मान गरेको छ ।

कार्यक्रमका अध्यक्षद्धारा खदा र विशेष अतिथि तेजवहादुर थलङद्धारा टोपी ओडाएर सम्मान गरिएका सङबाङफेलाई प्रमुख अतिथि केहेरसिं योङहाङले सम्मान पत्रद्धारा सम्मान गरेका थिए ।

पान्जुम्भोका कार्यवहाक अध्यक्ष विरवहादुर आङलाको अध्यक्षतामा, कोषाध्यक्ष प्रकाश सावदेनको स्वागत मन्तव्य, सचिव सन्च सङवाङफेको औचित्य मन्तवयमा सम्पन्न कार्यक्रममा रविन कुरुम्बाङले संचालन गरेका थिए ।

पान्जुम्भोको बार्षिक चोमेन सेवा

हरेक वर्षझै यस वर्षपनि पान्जुभोको २३ औं स्थापना दिवसको अवसरमा पनि किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोले वार्षिक चोमेन सेवा समेत सम्पन्न गरेको पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावदेनले बताए ।

उनका अनुसार वार्षिक चोमेन सेवा अन्तर्गत मंगलबार मेक्वा खोलामा साक्मुरवा वादेम्मा सेवा सम्पन्न गरेको बताए ।

यस्तै बुधबार किरात हाङसाम मुजोत्लुङ माङहिममा येत्नाम्धुङ लाधुङसेमी आप्लुङगेन ताङसेप चोमेन सेवा सम्पन्न गरेको पान्जुम्भोका कोषाध्यक्ष सावदेनले वताए ।

किरात धर्म लेखौं अभियान महासमितिको सेवा

यसरीनै आसन्न राष्ट्रिय जनगणना २०७८ मा किरात धर्म लेखौं अभियान महासमितिको सेवा सम्पन्न भएको छ ।

मंगलबार मेक्वा खोलामा साक्मुरा वादेम्मा सेवा सम्पन्न गरेको किरात धर्म लेखौं अभियान महासमितिका सचिव ज्ञानु केदेमले बताए ।

यसैगरि बुधबार किरात हाङसाम मुजोत्लुङ माङहिममा किरात धर्म लेखौं अभियान महासमितिको येत्नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न भएको महासमितिका सचिव केदेमले बताए ।

सम्बन्धित खवर