माङसेबुङ । संचारकर्मी देशराज नेम्बाङको निर्देशनमा समदर्शी सञ्चार प्रालिको निर्माणमा बनेको ‘सुर्यको पहिलो किरण’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।
गीतकार मञ्जील बस्नेतको शब्द तथा संगीतमा गायक अजय लिम्बूको सुमधुर आवाजमा सजिएको ‘सुर्यको पहिलो किरण’ भिडियो समदर्शी टिभी यूट्यव च्यानलबाट सार्वजनिक गरिएकोे हो ।
मनैदेखि मन पराएको मायालुलाई मनको कुरा व्यक्त गर्न नसक्दाको पीडा उजागर गरिएको भिडियोमा सुरज लिम्बु र सुुमीजंग राना र रोशन शंकरले अभिनय गरेका छन् ।
सुरज लिम्बूको सह–निर्देशनमा ममता जवेगुको मेकअप तथा सुरज जवेगु, अरुण राई र सन्देश राईको छायाँकन रहेको भिडियोमा कलेज जीवनमा हुने गरेको एक अर्का प्रतिको आकर्षण र प्रेमलाई प्रस्तुत गर्न खोजिएको छ ।
भिडियो हेर्नुहोस…