माङसेबुङ । लिम्बु विद्यार्थीहरुको गौरवशाली साझा संगठन लिम्बु विद्यार्थी मञ्चको २३ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार केन्द्रीय समितिको आयोजनामा ललितपुर स्थित चुम्लुङ हिममा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रमवीच मञ्चको २३ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको हो । यसअघि मंगलबार साँझ बिभिन्न जिल्लाहरुमा दिप प्रज्वलन गरि मञ्चले स्थापना दिवसको स्वागत समेत गरेको थियो ।
किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा लोकसागर साम्बा, यासेली योङहाङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्थानिय भाषालाई कामकाजी भाषको रुपमा लागुगर्न माङसेबुङ वडा नं. ५ मा नेपालको इतिहासमै पहिलो पटक नियुक्ति भएका भाषिक वडा सचिव सुनिल सेर्मालाई सम्मान गरेको लिम्बु विद्यार्थी मञ्चका केन्द्रीय महासचिव गुल्सन आङबुहाङले बताए ।
यस्तै डा.कमल तिगेला, विक्रम सङबाङफे, ज्ञानु फुरुम्बो चरपे, सम्झना लिङ्देन, फुलमाया खजुम, प्रजिन हाङवाङ, अवसर मादेन, रणजीत आङबुहाङ, दिलकुमार योङहाङ, किशोर कुमार लिम्बू र कर्ण कुमार योङहाङ लगायतलाई सम्मान गरेको महासचिव आङबुहाङले बताए ।
लिवि मञ्चका केन्द्रीय अध्यक्ष दिपा लक्समको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई केन्द्रीय महासचिव गुल्सन आङबुहाङले संचालन गरेका थिए ।
यसैगरी धरानको चुम्लुङ हिममा समेत कार्यक्रम भएको छ भने झापाको दमक, मोरङको पथरी, पान्थरको चुम्लुङहिम, इलाम, ताप्लेजुङ, तेह्रथुम लगायतका लिम्बुवानको सबै जिल्लाहरुमा २३औं स्थापना दिवसको अवसरमा लिम्बुवानमा लिम्बु विद्यार्थीहरुको भूमिका बारे अन्तरक्रियात्मक कार्यक्रम समेत भएको मञ्चका महासचिव गुल्सन आङबुहाङ्ले बताए ।
मञ्चको जिल्ला कार्य समिति सुनसरीलाई कार्यालय व्यवस्थापनको लागि कियाचु सुनसरीको भवनको एउटा कोठा उपलब्ध गराउने निर्णय समेत भएको छ ।
लिवि मञ्च सुनसरी समितिले अघिल्लो दिन विजयपुर दरबार परिसरमा सरसफाई गरि दिप प्रज्वलन समेत गरेको थियो ।
यसरीनै झापाको दमक बहुमुखी क्याम्पस शाखाले लोक सेवा तथा बैंकिङ सम्बन्धी अभिमुखिकरण सम्बन्धि तालिम विद्यार्थीहरुलाई प्रदान गर्दै मञ्चको २३ औं स्थापना दिवस मनाएको छ ।
लिम्बु विद्यार्थी मञ्चको स्थापना २०५५ साल चैत्र ६ गते भएको हो ।