रुद्र र चाप्पेती कुम्मा अभिनित ‘मिक्वा चुरु चुरु’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रुद्र र चाप्पेती कुम्मा अभिनित ‘मिक्वा चुरु चुरु’ सार्वजनिक(भिडियो सहित)


माङसेबुङ । रुद्र पाहिम लिम्बू र पुषपाञ्जली तिलिङ मादेन लिम्बू ‘चाप्पेती कुम्मा’ साथमा वालकलाकार एसेप्ट तिगेलाद्धारा अभिनित मर्मस्पर्शि लिम्बू भाषाको गीत ‘मिक्वा चुरु चुरु’ भिडियो सार्वजनिक गरिएको छ ।

शनिबार तमोर फिल्मस् प्रा.लि. र यल्लिउड इन्डस्ट्रीजको प्रस्तुतिमा निर्माणमा हाङ चेम्जोङद्धारा निर्देशित ‘मिक्वा चुरु चुरु’ भिडियो ललितपुरको नखिपोटस्थीत रेष्टुरेन्ट युङ्चामा एक कार्यक्रमविच सार्वजनिक गरिएको हो ।

पविन आङदेम्बेको शव्द तथा संगीतमा लोकप्रिय गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बू र लोकप्रिय गायिका सुनिता थेगिम लिम्बूको आवाजमा सजिएको गीतको भिडियो तमोर फिल्मस्को अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

टेकेन्द्र यक्सोको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङले गरेका हुन् ।

परिस्थितिवस परिवारलाई छोडेर आय आर्जनको लागि पर्देशिनु पर्दाको पारिवारिक पिडालाई समेटेर तयार पारिएको भिडियोमा सुमन शंकरको श्रृङ्गार, मेघराज मगरातीको छायाँकन रहेको छ भने विकास दाहालले सम्पादन गरेका हुन् ।

कार्यक्रममा हङकङबाट उपस्थित भएका किरात याक्थुङ चुम्लुङ हङकङका पूर्वअध्यक्ष त्रिभुवन लुम्फङ्वा, समाजसेवी लोक आङ्बुहाङ, किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्बापा समेत उपस्थिति रहेको थियो ।

यसैगरि चलचित्र निर्देशक दिनेश लिङ्देन, कियाचु हङकङका सदस्य कुन्सा योक्पाङ्देन, पत्रकार लेखक देवेन्द्र सुर्केली, चलचित्र निर्देशक तथा सञ्चारकर्मी सागर सुब्बा, लोकप्रिय जेपी नेम्बाङ, गायक सुमन लिम्बू, गायक जीवन केदेम, लोकप्रिय गायिका सबिना योङहाङ, लोकप्रिय गायिका दीपा सुहाङ, कलाकार बबि नेम्बाङलगायत भिडियोसँग सम्बन्धित कलाकारहरूको उपस्थिति रहेको थियो ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर