डि.बि. र इन्दिराको आवाजमा ‘नारान ज्यूसे’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

डि.बि. र इन्दिराको आवाजमा ‘नारान ज्यूसे’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लामो समयदेखि गीत संगीत लागिपरेका लोकप्रिय गायक डि.बि. लिम्बू र गायिका इन्दिरा नेम्बाङ लिम्बूको सुमधुर आवाजमा सजिएको पालाम साम्लो ‘नारान ज्यूसे’ भिडियो युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

गीतकार मदन वनेमको शव्द संकलनमा जीवन केदेम र हिमाली फेवदेनको समेत आवाज रहेको भिडियो पालाम साम्लो ‘नारान ज्यूसे’ भिडियो मेन्छ्यायेम दर्पण युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

विष्णु मोक्तानको निर्देशन तथा शिरकुमार सम्पाङ र दिनेश राई(सुविन)को छायाँकन तथा ड्रोन रहेको भिडियोमा ललिता पाङमा र डि.बि. लिम्बू, दीप केरुङ लगायत थुप्रै कलाकारहरुको अभिनय रहेको छ ।

महेश सिग्देलको मेकअप, बसन्त वाम्बुले राईको सम्पादन तथा शिरकुमार सम्पाङको कलर रहेको भिडियोमा जीम एम प्रडक्सनको पोष्ट प्रडक्सन रहेको छ ।

म्यूजिक मिडिया धरानमा विजय श्रेष्ठले रेकर्ड गरेको पालाम साम्लो मदन वनेमको कन्सेप्टमा निर्माण भएको हो ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर