आदिवासी जनजाति साहित्यकार/लेखक महासंघको केन्द्रीय अध्यक्षमा राजन मुकारुङ - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आदिवासी जनजाति साहित्यकार/लेखक महासंघको केन्द्रीय अध्यक्षमा राजन मुकारुङ

ललितपुर । लेखक राजन मुकारुङको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार/लेखक महासंघको प्रथम केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

आइतवार ललितपुरको यालाखिम रेष्टुरेन्टमा सम्पन्न महासंघको दुई दिने राष्ट्रिय भेलाले सर्वसम्मतिमा महासंघको केन्द्रीय कार्यसमिति चयन गरेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा टङ्क सेलिङ, उपाध्यक्षमा रजनीमिला, जगबहादुर बुढा, डा. विष्णुकुमार सिङजाली, वेचन उराँव, डा. कृष्णराज सर्वहारी, डा. सोमबहादुर धिमाल, गौरी तमू र उत्तमकुमार सुनुवार सर्वसम्मतिले चयन भएका छन् ।

यसैगरि महासचिवमा बुद्ध योञ्जन लामा, सचिवमा लक्ष्मी रुम्बा, अन्वेश थुलुङ्ग, प्रेमीला राई, बच्चु हिमांशु, जीवनप्रवेश रोकामगर, कुन्साङ र मेनुका छन्त्याल चयन भएका छन् ।

महासंघको कोषाध्यक्षमा उर्मिला गम्बा थारु र सह–कोषाध्यक्षमा जितेन पन्धाक चयन भएका छन् ।

महासंघको प्रथम केन्द्रीय कार्यसमितिका सदस्यहरुमा हेन्सेन याक्खा, अञ्जना इछमफूल, पवित्रा थापामगर, विराट किराती, राम बि. लामा, डा. चित्र माबो, रोशन गुरुङ्ग, रामलाल उराँव, कविराज तामाङ्ग, गणेश कुमाल, चोमु शेर्पा खुसी, नेपोलियन चेपाङ्ग, तेजेन्द्र ताजपुरिया, महेन्द्र थुलुङ्ग राई, शर्मिला रोका मगर, रामगोपाल आशुतोष र लालबहादुर भुजेल रहेका छन् ।

महासंघको केन्द्रीय तदर्थ समितिको आयोजनामा ‘साहित्यमा आदिवासी सौन्दर्य लेखौं, अग्रगमनको यात्रामा अघि बढौं’ भन्ने नाराका साथ देशभरका आठ राज्य समितिका प्रतिनिधिहरुसहित चैत्र ७ गते, शनिबारबाट राष्ट्रिय भेला सुरु भएको थियो ।

यसैगरि आदिवासी जनजाति साहित्यकार/लेखक महासंघको प्राज्ञिक परिषद पनि गठन भएको छ । प्राज्ञिक परिषदमा कैलाश राई, मुनराज शेर्मा, विष्णुकुमार सिङजाली, सञ्चु ब्लोन, गुरुङ्ग सुशान्त, लालबहादुर भुजेल, डा. सोमबहादुर धिमाल, डा. लाल रापचा, डा. कृष्ण सर्वहारी र डा. तारालाल श्रेष्ठ चयन भएका छन् ।

सम्बन्धित खवर