प्रकाश र स्वस्तिकाको ‘मेचि देखि महाकाली’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रकाश र स्वस्तिकाको ‘मेचि देखि महाकाली’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । पछिल्लो समय एक पछि अर्को लिएर अइरहेका गीतकार, संगीतकार तथा गायक प्रकाश सावदेन र गायिका स्वस्तिका सावदेनको सुमधुर आवाजमा सजिएको देश भक्ति गीत ‘मेचि देखि महाकाली’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार चुक्सा याप्मीको शव्दभावहरुमा संगीतकार प्रकाश सावदेनको संगीतमा सजिएको नेपाल राष्ट्रको गौरव गाथा बोकेको गीत ‘मेचि देखि महाकाली’ माङसेबुङ खबर युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

निर्देशक तथा छायाँकार अनिस लावतीको निर्देशन तथा छायाँकनमा तयार भएको भिडियोमा निश्चल तवेवुङ, मीना नेम्बाङ, प्रकाश सावदेन र स्वस्तिका सावादेनले अभिनय गरेका छन् ।

माङसेबुङ खबर युट्यूव च्यानलको प्रस्तुतिमा निर्माण गरिएको सरिता राई, अरुण वुङछेन राई, विमल वराईली, गोमा लिम्बू, मनसुन राईको समेत अभिनय रहेको भिडियोमा रीना फेम्बुको मेकअप र सम्पादन तथा कलर सुजन श्रेष्ठले गरेका छन् ।

टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको गीत म्युजिक मिडिया धरानमा विजय श्रेष्ठले रेकर्डिङ गरेका हुन् ।

भिडियो हेर्नुहोस

 

सम्बन्धित खवर