सन्देश सुब्बाको ‘सम्झनाको आँधी’ विमोचन - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सन्देश सुब्बाको ‘सम्झनाको आँधी’ विमोचन

काठमाडौ । सञ्चारकर्मी तथा कवि सन्देश सुब्बाको दोस्रो कृति ‘सम्झनाको आँधी’ गजल संग्रह बिमोचन भएको छ । उनको यसअघि ‘आगोको सौन्दर्य’ कविता संग्रह प्रकाशन भएको छ ।

मंगलबार चुम्लुङ हीम ललीतपुरमा आयोजित कार्यक्रममा, कार्यक्रमका प्रमुख अथिती, बरिस्ठ गजलकार ललीजन रावल लिम्बूवानका अभियन्ता वीर नेम्वाङ, पूर्वराज्यमन्त्री श्रीप्रसाद जबेगू, कवि बिमला तुम्खेवा, लेखक प्रकाश आङ्देम्बे र शकुन्तला जोशीले संयुक्त रूपमा उक्त कृति विमोचन गरेका हुन् ।

कृति विमोचन कार्यक्रममा बोल्दै बरिस्ठ गजलकार रवलले ‘सम्झनाको आँधी’ भित्र समाबेश गजलहरु संरचनात्मक, भाव सम्प्रेषण र बैचारिक दृष्टिकोणले शसक्त रहेको बताए ।

यसैगरि कृतिमाथी साहित्यकार बिमला तुम्खेवा, शकुन्तला जोशी र प्रकाश आङ्देम्बेले टिप्पणी गरेका थिए ।

कृतिभित्र ६१ गजल समाबेश गरिएको कृतिको मूल्य १९९ रुपैयाँ राखिएको छ भने उक्त कृतिलाई निम्बल पब्लीकेशनले बजारमा ल्याएको हो ।

कार्यक्रम निम्बल पब्लीकेशनका अध्यक्ष टंक सेलिङको अध्यक्षतामा सम्पन्न भएको थियो । कवि तथा गजलकार सुब्बा आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं. १ का सचिव समेत हुन् ।

 

सम्बन्धित खवर