देश भक्ति गीत ‘नयाँ निकासको पाटो खोजौं’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देश भक्ति गीत ‘नयाँ निकासको पाटो खोजौं’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । सात जना गायक गायिकाहरुकोे एकसाथ आवाज रहेको नयाँ देश भक्ति गीत ‘नयाँ निकासको पाटो खोजौं’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

पुर्वको होस या पश्चिमको होस भाषा, लिपि, संस्कार, संस्कृतिको पहिचान गरि जनमुक्तिको पाटो रोजौं भन्ने देश भक्तिले ओत प्रोत भएको गीत ‘नयाँ निकासको पाटो खोजौं’ टुआरएल डिजिटल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

उक्त देश भक्ति गीतमा लोकप्रिय गायक गोविन्द चेम्जोङ लिम्बु, एकान्त आङदेम्बे लिम्बु, जीतेन थुलुङ राई, गोविन्द खजुम लिम्बु, मनोज चेम्जोङ लिम्बु, लोकप्रिय गयिका सविना योङहाङ लिम्बु र स्वस्तिका योङहाङ लिम्बुको आवाज दिएका छन् ।

गीतकार रुस्तम कुमार लिम्बुको शव्दभावहरुमा गायक तथा संगीतकार गोविन्द चेम्जोङको संगीतमा सजिएको गीतको भिडियो टुआरएल डिजिटल र जस्केलो क्रिएशनले तयार पारेको हो ।

राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङ रहेको गीत किङग् स्टुडियोमा सुरेश राईले रेकर्डिङ गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर