ओखलढुङगामा किरात धर्म लेखौं अभियान - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ओखलढुङगामा किरात धर्म लेखौं अभियान

ओखलढुङगा /आसन्न राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखौ अभियान कार्यक्रमलाई देश व्यापी रुपमा सशक्त र प्रभावकारी ढंगले सञ्चालन गर्ने शिलशिलामा ओखलढुङगामा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

मानेभञ्ज्याङ गाउँपालिकामा अवस्थित श्री भगवति माविको प्राङगणमा आयोजना गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रम मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष मोतिराज राईको अध्यक्षतामा सम्पन्न गरिएको हो ।

सो कार्यक्रममा जनप्रतिनिधि वडा अध्यक्षहरु केशवप्रसाद ढुंङगाना, राजकुमार रुम्दाली, भीमबहादुर बलम्पाकी, नानीबाबु सिंजाली मगर लगायत स्थानीय महानुभावहरुको सहभागिता रहेको थियो ।

किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका सह अध्यक्ष डकेन्द्रसिंह थेगिमको प्रमुख आतिथ्यता र किरात धर्म तथा साहित्य उत्थान संघका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्माको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।

सो कार्यक्रममा किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका सचिवद्धय ज्ञानु केदेम, काकीराम लाओती, कोषाध्यक्ष प्रकाश सावदेन, सह कोषाध्यक्ष विष्णुमाया फुरुम्वो, आर्थिक सह संयोजक खड्ग खालिङ, अभियन्ता यामकुमार नेयोङ लगायत उपस्थित रहनु भएको थियो ।

राष्ट्रिय जनगणना २०७८ मा किरात धर्म सम्बन्धि देश व्यापी जनजागरण अभियान सञ्चालन गर्न, गराउन संगठन विस्तार गर्ने क्रममा अभियान टोली ओखलढुंगामा पनि कार्यक्रम आयोजना गरिएको महासमितिले जनाएको छ । कार्यक्रम डा.उद्धव राईले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर