भोजपुरमा किरात धर्म लेखौं अभियान - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भोजपुरमा किरात धर्म लेखौं अभियान

भोजपुर । राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखौ अभियान विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम बुधबार भोजपुरमा सम्पन्न गरिएको छ ।

टेम्केमैयुङ गाउँपालिका ३ मा अवस्थित गाउँपालिकाको कार्यालयमा किरात राई यायोक्खाका प्रतिनिधिहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका सह अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए ।

सो अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि टेम्केमैयुङ गाउँपालिका ३ का वडा अध्यक्ष पुर्णप्रसाद राई, किरात राई यायोक्खा जिल्ला समिति भोजपुरका पूर्व अध्यक्षद्वय रामचन्द राई र पाविहाङ राई, किरात राई यायोक्खा वडा समिति वडा ४ का अध्यक्ष रामप्रसाद राई, यायोक्खा वडा ३ का अध्यक्ष जंगबहादुर राई, वडा ३ का उपाध्यक्ष देवकुमारी राई, सचिव रविकुमार राई लगायत स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका सह अध्यक्ष डकेन्द्रसिंह थेगिम, अभियान महासमितिका सचिवद्धय ज्ञानु केदेम, काकीराम लाओती, कोषाध्यक्ष प्रकाश सावदेन, सह कोषाध्यक्ष विष्णुमाया फुरुम्वो, आर्थिक सह संयोजक खड्ग खालिङ, किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय सदस्य यामकुमार नेयोङ लगायत उपस्थित रहनु भएको थियो ।

राष्ट्रिय जनगणना २०७८ मा किरात धर्म सम्बन्धि देश व्यापी जनजागरण अभियान सञ्चालन गर्न, गराउन संगठन विस्तार र विभिन्न समुदायसँग छलफल तथा अन्तरक्रिया गर्ने क्रममा अभियान टोलीले भोजपुरमा पनि कार्यक्रम आयोजना गरिएको महासमितिले जनाएको छ ।

 

सम्बन्धित खवर