थोकफेलाको आवाजमा पालाम ‘नाभोन्जी हयङ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थोकफेलाको आवाजमा पालाम ‘नाभोन्जी हयङ’ सार्वजनिक(भिडियो सहित)

आन्छुमे नसान

माङसेबुङ । पछिल्लो समय एक पछि अर्को गीत पस्किरहेका लोकप्रिय गायीका थोकफेला लिङदेनको सुमधुर आवाजमा सजिएको पालाम ‘नाभोन्जी हयङ’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

लोकप्रिय गायक तथा संगीतकार राजु आङदेम्बेको शव्द तथा लय संकलनमा गायीका थोकफेला लिङदेनकै अभिनय रहेको पालाम ‘नाभोन्जी हयङ’ भिडियो गायीका थोकफेला लिङदेनकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

मिलन ताप्मादेनको निर्देशन तथा किशोर पतंवाको कथा र कोरियोग्रफी रहेको भिडियोमा मनिसा योङहाङ, लक्षमण कुरुम्बाङ, टीका श्रेष्ठ, डिल्ली चेम्जोङ, इङसो साँबा, रेजिना नेम्बाङ लगायतले समेत अभिनय गरेका छन् ।

इसाक जवेगुको छायाँकन तथा सम्पादन रहेको भिडियोमा मनिता चोङबाङको मेकअप रहेको छ ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर