चापेतिकुम्मा र रुद्र अभिनित एकान्त र दिपाको ‘मेरो सपनीमा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, कार्तिक ११, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चापेतिकुम्मा र रुद्र अभिनित एकान्त र दिपाको ‘मेरो सपनीमा’ सार्वजनिक(भिडियो सहित)

माङसेबुङ । लोकप्रिय गायक तथा संगीतकार एकान्त आङदेम्बे र लोकप्रिय गायिका दीपा लामाको सुमधुर आवाजमा सजिएको गीत ‘मेरो सपनीमा’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार आकास लिम्बूको शव्दभावहरुमा एकान्त आङ्देम्बेको संगीत रहेको गीत ‘मेरो सपनीमा’ भिडियो चापेतीको आमा अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

निर्देशक हाङ चेम्जोङद्धरा निर्देशित भिडियोमा रुद्र पहिम र पुष्पाञ्जली तिल्लिङ मादेन (चापेतिकुम्मा)ले अभिनय गरेका छन् ।

चन्दु गोर्खालीको एरेन्जमा तयार भएको भिडियो छायांकन मेघराज मगराती, श्रृंगार सुमन शंकर र सम्पादन विकास दाहालले गरेका हुन् ।

ललितपुरको नखिपोटस्थीत युङ्चा रेष्टुरेन्टमा सार्वजनिक गरिएको कार्यक्रममा याक्थुङ कलाकार समाज हङकङका सल्लाहकार लोक आङबुहाङ, कलाकार लक्ष्मी योङहाङ, कृष्णराज नेम्बाङ, मनु थक्लुङ, गायकहरु ब्रबिम सेर्मा, यादन सेर्मा, सुमन लिम्बू, गायिकाहरु तुलसा आङ्देम्बे, गंगा फियाक, सिर्जना जबेगु, निरन्ता नेम्बाङलगायत भिडियोमा संलग्न कलाकार, प्राविधिक र अतिथिहरुको उपस्थितिमा सार्वजनिक भएको हो ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर