नेपाल पत्रकार महासंघ जिल्ला शाखा इलाम अध्यक्षमा बिप्लव भट्टराई - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल पत्रकार महासंघ जिल्ला शाखा इलाम अध्यक्षमा बिप्लव भट्टराई

इलाम । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेसनबाट नेपाल पत्रकार महासंघ जिल्ला शाखादइलाम अध्यक्षमा बिप्लव भट्टराई निर्बाचित भएका छन ।

बुधबार इलाममा सन्पन्न निर्वाचनबाट उनले एक सय ६ मत प्राप्त गरेर बिजयी भएका हुन ।

नेतृत्व चुन्न देशैभर एकसाथ प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचनमा इलाममा अध्यक्षमा दुई जनाबीच प्रतिष्पर्धा भएको थियो ।

नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस मञ्च नेपालको संयुक्त गठबन्धनबाट युनियनका युवराज भट्टराई (विप्लव) र प्रेस संगठन नेपालका सुजन तिमसिनाबीच प्रतिष्पर्धा भएको हो ।

दुवैले आफ्नो जित हुने दावी गर्दै आएका भएपनी कान्तिपुर मिडिया ग्रुपमा आवद्ध भट्टराई बिजयी बने उनले एक सय ६ मत प्राप्त गर्दा तिमसिनाले ४८ प्राप्त गरेका थिए ।

त्यस्तै महिला उपाध्यक्षमा संयुक्त प्यानलबाट प्रेस युनियनका सुनिता खालिङ राई र प्रेस संगठनका बुद्धमाया सोङ्मीबीच प्रतिष्पर्धामा पनि संयुक्त प्यानलबाट प्रेस युनियनका सुनिता खालिङ बिजयी भएकी छिन ।

खालिङले ९६ मत प्राप्त गर्दा सोङ्मीले सन्ताउन्न मत ल्याईन । उता सहसचिवमा पनि संयुक्त गठबन्धनबाट प्रेस युनियनका प्रेम अधिकारी बिजयी भएका छ्न । सहसचिबमा प्रेस संगठनका राजेश पराजुलीसग प्रतिष्पर्धा भएकोमा अधिकारिले उनानब्बे मत पाए भने पराजुलिले ६३ मत प्राप्त गरे ।

इलाममा १ सय ७५ जना मतदाता रहेको भए पनि एक सय ५५ मात्र मत खसेको थियो । यस्तै उता अन्य ३२ वटा पदमा भने संयुक्त प्यानलका तर्फबाट उम्मेद्वार भएकाहरु निर्विरोध निर्वाचित भइसकेका थिए । कार्यसमितिका १८ मध्ये १५, केन्द्रीय परिषद सदस्य ५ मा सबै र प्रदेश परिषद सदस्य १२ मा सबै निर्विरोध निर्वाचित भएका हुन ।

संयुक्त प्यानलबाट उपाध्यक्षमा प्रेस चौतारीका ख्याम भुजेल, सचिवमा प्रेस चौतारीकै भीम चापागाई, सहसचिव (समावेशी) मा प्रेस मञ्चका ज्ञानु लिम्बू र कोषाध्यक्षमा प्रेस मञ्चकै राम योङहाङ निर्विरोध निर्वाचित हुन ।

त्यस्तै महिला सदस्यमा प्रेस चौतारीका सुजाता सुनुवार, दलित सदस्यमा प्रेस युनियनका तीलबिक्रम दर्जी, जनजाति सदस्यमा प्रेस मञ्चका काकीराम लावती र समावेशी सदस्यमा प्रेस चौतारीका भगीरथ भण्डारी रहेका छन् ।

खुल्ला सदस्यहरुमा प्रेस चौतारीका रमेशकुमार पराजुली, गोविन्द भट्टराई र किरण पौड्याल, प्रेस युनियनका गणेश घिमिरे, लोकेन थेवे, टीका खतिवडा र बालकृष्ण बस्नेत हुन भने पाँच जना केन्द्रीय परिषद सदस्यमा प्रेस युनियनका प्रभाकर प्रधान र विजयशेखर भट्टराई, प्रेस चौतारीका कोशिला खिम्दुङ राई, राजकुमार दाहाल र शिव मुखिया निर्विरोध निर्वाचित भएका थिए ।

यस्तै १२ जना प्रदेश परिषद सदस्यमा प्रेस युनियनका गोविन्द पौडेल, जीवन शर्मा, दिनेशकुमार महत र वेदमाया मुखिया (सोनु), प्रेस चौतारीका गोविन्द लामिछाने, सोमनाथ सुनुवार, विमल दाहाल, योगेन्द्र शंकर र रीता राई, प्रेस मञ्चका प्रविण सेलिङ, सङसेमी माङयुङ र सरीता राई निर्विरोध निर्वाचित भएका छन् ।

सम्बन्धित खवर