नेपाल पत्रकार महासंघ झापाको अध्यक्षमा गिरी निर्वाचित - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल पत्रकार महासंघ झापाको अध्यक्षमा गिरी निर्वाचित

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी निर्वाचित हुनु भएका छन्न । नयाँ नेतृत्व चयनका लागी बुधवार भएको मतदानमा शाखाका २ सय ६३ सदस्य मध्ये २ सय ५६ जना पत्रकारहरुले मतदान गरेका थिए । आज बिहान सम्पन्न मत गणना अनुसार प्रेस युनियन, प्रेस संगठन र मिडिया नेपाल विचको गठबन्धनका साझा उम्मेद्घार गिरी बिजयी भएका हुन् ।

अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित गिरीले १ सय ५५ मत प्राप्त गर्नु भयो भने केपि ओली सम्बद्ध प्रेस चौतारी र प्रेस मञ्च नेपालको गठबन्धनका उम्मेद्वार विशाल नेम्बाड्ंले ७४ मत र माधव नेपाल निकट प्रेस चौतारीबाट अध्यक्षका उम्मेद्वार तिर्थ सिग्देलले २६ मत प्राप्त गरेका छन् ।

त्यसैगरि उपाध्यक्षमा गिरीकै प्यानलका केशब भट्टराईले १ सय ३१ मत प्राप्त गरि निर्वाचित भएका छन्। नेम्बाड्ंको प्यानलबाट उपाध्यक्षका उम्मेद्वार गोपाल झापालीले ९६ मत प्राप्त गरे भने उपाध्यक्षका अर्का उम्मेद्वार हिमालचन्द्र खरेलले २६ मत प्राप्त गरे । उपाध्यक्षमा गिरीकै प्यानलकी शुशिला संग्रौलाले १ सय ४० मत प्राप्त गरी निर्वाचित भइन् भने नेम्माङ प्यानलकी सावित्रा दाहाल भट्टराईले १ सय ७ मत प्राप्त गरिन् ।

सचिवमा गिरी प्यानलकै डिकेश लामाले १ सय २८ मत प्राप्त गरी विजयी बने भने सिग्देल प्यानलका सुव्रत न्यौपानेले ९९ मत प्राप्त गरे त्यस्तै प्रेम कुमार आचार्यले २५ मत प्राप्त गरे । खुल्ला सह सचिवमा गिरी प्यानलका राजु पाठक १ सय ५५ मत सहित निर्वाचित हुँदा नेम्बाड्ं प्यानलका बिनोद सापकोटाले ९२ मत प्राप्त गरे ।

त्यसैगरी समावेसी सह सचिवमा गिरी प्यानलका अर्जुन राजवंशी १ सय ७२ मत ल्याई बिजयी हुंदा नेम्बाड्ं प्यानलका देशराज नेम्बाड्ंले ७३ मत प्राप्त गरे । कोषाध्यक्षमा पनि गिरी प्यानलकै रञ्जीत प्रसाईं १ सय ३३ मत प्राप्त गरी विजयी हुंदा नेम्बाड्ं प्यानलका रमेश तिवारीले १ सय १५ मत प्राप्त गरे ।

सदस्यहरुमा पनि अधिकांश गिरी प्यानलबाटै निर्वाचित भएका छन् । गिरीको प्यानलबाट चिरञ्जिवी घिमिरे, मनिषा चम्लागाईं, शुष्मा राजवंशी, होमप्रसाद अधिकारी, विनोद पाण्डे, द्रोण अधिकारी र रञ्जित परियार निर्वाचित भएका छन् भने नेम्बाड्ंको प्यानलबाट राजन साम्पाङ, अच्युत राज सुबेदी र सुनिरा मैनाली निर्वाचित भएका छन् ।

सम्बन्धित खवर