प्रविण र सीताको ‘सायद तिम्रो मेरो माया बस्यो कि’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रविण र सीताको ‘सायद तिम्रो मेरो माया बस्यो कि’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायक प्रविण बेडवाल र गायीका सीता तुम्रोक लिम्बूको सुमधुर आवाजमा सजिएको गीत ‘सायद तिम्रो मेरो माया बस्यो कि’ युट्यूव मार्फत सार्वजनिक गरिएको छ ।

गीतकार निर्मला कुवर को शब्द सिर्जना तथा संगीतकार रमेश सुबेदिको संगीतमा ब्याक टु ब्याक एक पछि अर्को गर्दै निर्देशनमा व्यस्त रहेका निर्देशक हाङ चेम्जोङ लिक्बूको निर्देशनमा बनेको ‘सायद तिम्रो मेरो माया बस्यो कि’ भिडियो गायीका सीताको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

इसाक जवेगुको छायाँकन ड्रोन तथा सम्पादनमा कुलेखानीको सुन्दर दृश्यहरुलाई कैद गरि तयार पारिएको भिडियोमा अमृत साही ठकुरी र गायीका सीता तुम्रोक लिम्बूलेनै अभिनय गरेका छन् ।

सन्दीप कार्कीको संगीत संयोजन रहेको गीतको रेकर्डिङ भने गुञ्जन स्टुडियोमा रविन ठकुरीले गरेका हुन् । भिडियोमा रीना लिम्बूको मेकअप रहेको छ ।

भिडियो हेर्नुहोस

 

सम्बन्धित खवर