इन्द्रशुसिल र गंगाको आवाजमा ‘तेह्रथुमे कालु’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इन्द्रशुसिल र गंगाको आवाजमा ‘तेह्रथुमे कालु’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायक तथा संगीतकार इन्द्र शुसिल चोङवाङ लिम्बू र लोकप्रिय गायिका गंगा फियाक लिम्बूको सुमधुर आवाजमा सजिएको रोमान्टिक पुवेर्ली गीत ‘तेह्रथुमे कालु’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार एस.पी निङलेकु लिम्बूको शव्दभावहरुमा इन्द्र शुसिल चोङबाङ लिम्बूको संगीतमा सजिएको गीत ‘तेह्रथुमे कालु’ सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

माङसेबुङ म्युजिक भिडियोको निर्माणमा किशोर पतंवा लिम्बूको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा जलन थेगुवा, इङसो सम्बा, मनिसा योङहाङ, पुर्णिमा मावोहाङ, लक्ष्मण कुरुम्बाङ र राजु लावतीले अभिनय गरेका छन् ।

थोकफेला गार्मेन्टको प्रस्तुति रहेको भिडियोमा सुजन श्रेष्ठको सम्पादन तथा कलर रहेको छ ।

राजु कार्कीको संगीत संयोजन रहेको गीतको रेकर्डि किङग् स्टुडियोमा सुरेश राईले गरेका हुन् भने मिक्सिङ राजु कार्कीले गरेका हुन् ।

भिडियो हेर्नुहोस्

सम्बन्धित खवर