सुमन र बिष्णुको आवाजमा यादनको पालाम ‘हाङथक्वा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, कार्तिक ११, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुमन र बिष्णुको आवाजमा यादनको पालाम ‘हाङथक्वा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायक गीतकार तथा संगीतकार यादन सेर्मा ‘नुनाम’ को शव्द संकलनमा गायक सुमन लिम्बू र गायिका बिष्णु सेर्मा लिम्बूको सुमधुर आवाजमा सजिएको पालाम ‘हाङथक्वा’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गायिका बिष्णु सेर्मा लिम्बूको लय संकलनमा गायक यादन सेर्माकै भिडियो कन्सेप्टमा तयार भएकोे पालाम ‘हाङथक्वा’ भिडियो गायक यादन सेर्माकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

कृष्ण थलङको छायाँकन तथा सम्पादन रहेको पालम भिडियोमा सुमन लिम्बू, बिष्णु सेर्मा, निरन्ता नेम्बाङ, जेपी नेम्बाङ, भिम सागर मादेम्बा, सिता फोम्बो, जेनी आङबुहाङ, नरेश वनेम बालकृष्ण वनेम, एवी आङदेम्बे, सिमरन कुरुम्बाङ र वेदना सेर्मा लगायतले अभिनय गरेका छन् ।

लेखनाथ चेम्जोङको संगीत संयोजन, सुरेश राईको रेकर्डिङ तथा राजु कार्कीको मिक्सिङ रहेको पालमको भिडियोमा माङगेन्ना ढाका पसलको पहिरन रहेको छ ।

पालाम हेर्नुहोस

सम्बन्धित खवर