- आन्छुमे नसान
माङसेबुङ । लोकप्रिय गायिका दीपा सुहाङ लिम्बूको सुमधुर आवाजमा सजिएको मर्मस्पर्शि गीत ‘आगो पिएर बाँच्ने’ फिमेल भर्जन युट्यूवमार्फत सार्वजनिक गरिएको छ । यसगीतको यसअघि लोकप्रिय गायक प्रशान्त तामाङको स्वरमा समेत कभर भईसकेको छ ।
लोकप्रिय गीतकार जिवनाथ धमलाको शव्दभावहरुमा ख्यातीप्राप्त संगीतकार नारयण रायमाझीको संगीतमा सजिएको गीतको ‘आगो पिएर बाँच्ने’ फिमेल भर्जन रीमा इन्टरटेन्टमेन्ट युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
रीमा स्टुडियोमा रेकर्डिङ गरिएको मनोज खड्का को संगीत संयोजनमा श्याम श्वेत रसाईलीको मिक्सिङ रहेको गितको वास्तविक गायक भने लक्ष्मी सृजन बजगाई हुन ।
रीमा फिल्मस्को पोस्ट प्रडक्सनमा विरमा खड्काको मेकअप रहेको भिडियोको छायाँकन, सम्पादन तथा कलर भने मिराज अर्यालले गरेका हुन् ।
करिब तीन दर्जन बढी गितहरु गाईसकेकी गायिका दीपाले ख्यातीप्राप्त अग्रज संगीतकार नारायण रायमाझीको संगीतमा सजिएको बहुचर्चित गीत ‘आगो पिएर बाँच्ने’ गाउन पाउँदा आफुलाई अत्यन्तै खुशी अनि भाग्यमानी ठानेको बताईन ।
भिडियो हेर्नुहोस