- आन्छुमे नसान
माङसेबुङ । लोकप्रिय गायिका गंगा फियाक लिम्बू र गायक नविन सेर्मा लिम्बूको सुमधुर आवाजमा सजिएको रोमान्टिक लिम्बू गीत ‘सेन्दिकाङ लेन्दिकाङ’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।
गीतकार डिल्ली विक्रम सेर्मा लिम्बूको शव्दभावहरुमा गायक तथा संगीतकार व्रविम सेर्मा र डिल्ली विक्रम सेर्माको संगीतमा सजिएको रोमान्टिक लिम्बू गीत ‘सेन्दिकाङ लेन्दिकाङ’ व्रविम सेर्मा अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
पदम राजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङमा रकर्डिङ गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङले गरेका हुन् ।
स्टुडियो कभर भिडियोको रुपमा तयार गरिएको भिडियोमा दुर्गा वान्तावा राईको छायाँकन तथा मनोज राईको सम्पादन रहेको छ ।
भिडियो नियाल्नुहोस…
https://www.youtube.com/watch?v=hy4Bbt1i2Co