लेप्चा जातिको नृत्य प्रशिक्षण प्रवर्दन समापन कार्यक्रम सम्पन्न - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लेप्चा जातिको नृत्य प्रशिक्षण प्रवर्दन समापन कार्यक्रम सम्पन्न

रोङ । लोपनमुख जातिको रुपमा राज्यद्वारा संरक्षित लेप्चा जातिको पाँच दिने साँस्कृतिक नृत्य प्रशिक्षण प्रवर्दन समापन कार्यक्रम तथा लेप्चा समुदायमा लेप्चा मातृभाषाको अनौपचारिक तालिम कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार रोङ गाउँपालिका ३ कुटीडाँडामा अवस्थित पाथीभरा सभाहलमा लेप्चा उत्थान मञ्च रोङ गाउँपालिकाको आयोजनामा रोङ गाउँपालिकाको सहयोग र शितल टेक्निकल ट्रेनिङ इनस्टीच्यूट प्रा.लि.को प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

ह्वाइट बोडमा लेखिएको लेप्चा जातिहरुको लिपिलाई अनावरण गर्दै अक्ष्रस लेखेर उद्घाटन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोङ गाउँपालिकाका अध्यक्ष शमशेर राईले लेप्चा जातिहरुको धार्मिक, साँस्कृतिक, भाषा, लिपि र भेषभुषाको संरक्षण सम्वर्दनमा स्थनिय तहबाट सदैव सहयोग रहने बताए ।

उनले लेप्चा मातृभाषाको अनौपचारिक तालिम कार्यक्रमले लेप्चा समुदायमा भाषा लिपि साहित्यको उत्थान हुने भएकोले सवैजना अनिबार्य सहभागि हुन समेत आग्रह गरेका थिए ।

कार्यक्रममा बिशेष अतिथि लेप्चा उत्थान मञ्च केन्द्रीय अध्यक्ष विर बहादुर लेप्चाले आसन्न २०७८ को राष्ट्रिय जनगणनाम मातृभाषाको महलमा लेप्चा भाषा अनिवनर्य लेख्न र लेखाउन आह्वान गरेका थिए ।

अर्का बिशेष अतिथि नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिसद इलामका अध्यक्ष चक्र येक्तेन अभिशेकले नेपालमा लेप्चा जातिहरुको भाषिक गीत अहिले सम्म रेकर्ड नभएको र अव हुने लेप्चा मातृभाषाको अनौपचारिक तालिम कार्यक्रमले लेप्चा भाषिक गीतकार, संगीतकार, साहित्यकार र गायकहरु जन्मनु पर्नेमा जोड दिए ।

कार्यक्रममा लेप्चा उत्थान मञ्च केन्द्रीय पुर्व अध्यक्ष प्रेम बहादुर लेप्चा, नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिसद इलामका सहसचिव तथा लेप्चा उत्थान मञ्च केन्द्रीय सल्लाहकार समिति सदस्य छत्र बहादुर लेप्चा, गाउँपालिका ३ का वडा अध्यक्ष मातृका वराल र नेपाल आदिबासी जनजाति महासंघ गाउँ समन्वय परिसद रोङ उपाध्यक्ष राजु येक्तेन, रोङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसैगरि रोङ गाउँपालिकाको सवै वडाहरुमा लेप्चा समुदायमा लेप्चा मातृभाषाको अनौपचारिक तालिम कार्यक्रमको लागि प्रशिक्षकहरु ढाकुर लाप्चा, शान्ति लाप्चा, ज्ञााकुमारी लाप्चा, इन्द्र बहादुर लाप्चा, सागरमान लाप्चा, चेतन सिंह लाप्चा र बुद्ध लाप्चालाई प्रमुख अतिथि अध्यक्ष राईले लेप्चा भाषको पाठ्यक्रम पुस्तक समेत हस्तानतरण गरेका थिए ।

यस्तै लेप्चा जातिको पाँच दिने साँस्कृतिक नृत्य प्रशिक्षण प्रवद्र्वन लागि २० जना सहभागी प्रशिक्षार्थीहरुलाई निर्देशक तथा कोरियोग्राफर दिनेश माङमुले प्रशिक्षण दिएका थिए ।

पाँच दिने साँस्कृतिक नृत्य प्रशिक्षण प्रवद्र्वन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुले प्रशिक्षक माङमुलाई सम्मान तथा मायाको चिनो समेत प्रदान गरको उक्त कार्यक्रममा लेप्चा जातिहरुको रहन सहन संस्कार संस्कृति झल्काउने साँस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

लेप्चा जातिहरुको संस्कारबाट सेवा पुजा गर्दै शुरु भएको कर्यक्रमक लेप्चा उत्थान मञ्च रोङ गाउँपालिकाको अध्यक्ष दावा लेप्चाको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य तेजु लाप्चा र कार्यक्रम सञ्चालन बिर वहादुर लाप्चाले गरेका थिए ।

सम्बन्धित खवर