- आन्छुमे नसान
माङसेबुङ । लोकप्रिय गायक तथा संगीतकार यादन सेर्मा ‘नुनाम’ र गायिका भावना नेम्बाङको सुमधुर आवाजमा सजिएको लिम्बू संस्कृतिमा आधारित पालाम ‘काराङ्वा पुसा’ को म्युजिक भिडियो छायाँकन सम्पन्न गरिएको छ ।
लोकप्रिय गीतकार सुवर्ण नेम्बाङको शव्द संकलन तथा लोकप्रिय गायक तथा संगीतकार यादन सेर्मा ‘नुनाम’ लय संकलन रहेको पालमको भिडियो माङसेसे कोक्मा ललितपुरमा छायाँकन गरिएको हो ।
कृष्ण थलङ छायाँकन तथा सम्पादन, सुनिता किरातीको मेकअप रहेको पालाम भिडियोमा यादन सेर्मा ‘नुनाम’, भावना नेम्बाङ, सागर केरुङ, जेपि नेम्बाङ, माइकल तुम्बापो, राम तिलिङ, मनिशा सम्बाहाम्फे, बबिता चोङ्बाङ, नरेश वनेम फागो, बालकृष्ण वनेम फागो, सीता फोम्बो, जेनि आङ्बुहाङ, एबि आङ्देम्बे, सिमा कुलुङ राई, भिम लिम्बू, शिव सम्बाहाम्फे, कबिराज लिम्बू, सुनिता लिम्बू, अन्जना लिम्बू, साया लिम्बू लगायतले अभिनय गरेका छन् ।
यादन सेर्मा ‘नुनाम’ को भिडियो कन्सेप्टमा निर्माण भएको पालम गीत भने किङ स्टुडियो अनामनगर काठमाडौंमा सुरेश राई र मनोज साङसोनले रेकर्डिङ गरेका हुन् ।
लेखनाथ चेम्जोङको संगीत संयोजन रहेको गीतको मिक्सिङ राजु कार्कीले गरेका हुन । यस्तै पहिर र गर गहना भने माङगेना ढाका पसलको रहेको छ ।