- आन्छुमे नसान
माङसेबुङ । मोफसलमा रहेर लामो समयदेखि लघुचलचित्रहरु निर्देशन गरिरहेका निर्देशक राजेश किराती लिम्बूको निर्देशनमा ‘तिम्रै निम्ति’ भिडियो युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।
अहिलेकी लोकप्रिय गायिका मेलिना राईको सुमधुर आवाजमा सजिएको ‘तिम्रै निम्ति’ भिडियो मिम्जिफुङ प्रिजेण्ट अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतकार समर सायदको शव्दभावहरुमा संगीतकार बिनोद खम्बूको स.गीतमा सजिएको गीतलाई चन्दु गोर्खालीले संगीत संयोजन गरेका छन् ।
तिलक रिजालको छायाँकन तथा सम्पादनमा चोखो माया र विश्वासघातको प्रेम प्रशंगलाई आकर्षक ढंगले प्रस्तुत गरिएको भिडियोमा सृजना मिभक लिम्बू, डिकल मिभक लिम्बू, स्मृति शर्माले अभिनय गरेका छन् ।
भिडियो हेर्नुहोस