गीतकार दिपेन्द्र खड्काको पुर्वेली गीत ‘ए माच्छी जालैमा’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गीतकार दिपेन्द्र खड्काको पुर्वेली गीत ‘ए माच्छी जालैमा’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गीतकार तथा संगीतकार दिपेन्द्र खड्को शव्दभावहरुमा सजिएको पुर्वेली लोक भाकाको गीत ‘ए माच्छी जालैमा’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

लोकप्रिय गायीका सुनिता थेगिम लिम्बू र गायक सन्तोष वनेम फागोको सुमधुर स्वरमा सजिएको पुर्वेली लोक भाकाको गीत ‘ए माच्छी जालैमा’ सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

दिपेन्द्र खड्का र सन्तोष वनेम फागोको संगीत रहेको गीतमा संगीत संयोजन भने कृष्ण भक्त राईको रहेको छ ।

सेवा रेकर्डिङ स्टुडियो काठमाण्डौमा र क्युवेत्ज स्टुडियो कतारमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ भने मुस्कान मुकारुङले गरेका हुन् ।

दुर्गा वान्तावा राईले किङ स्टुडियो नेपालमा छायाँकन गरेको भिडियोमा कतारको क्युवेत्ज स्टुडियोमा भने विरेन मादेनले छायाँकन गरेका हुन् ।

भिडियो हेर्नुहोस

 

सम्बन्धित खवर