गायक सुमनको आवाजमा गीतकार दिपेन्द्रको ‘आँसु’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायक सुमनको आवाजमा गीतकार दिपेन्द्रको ‘आँसु’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायक सुमन केसीको ह्दयविदारक आवाजमा सजिएको विल्कुलै नयाँ गीत ‘आँसु’ भिडियो युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

लोकप्रिय गीतकार दिपेन्द्र खड्काको शव्द तथा संगीतकार दिपेन्द्र थिङको संगीतमा सजिएको मर्मस्पर्शि गीत ‘आँसु’ भिडियो ओएसआर डिजिटल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

निर्देशक गोरव गिरीको निर्देशनमा परिवारलाई विर्सेर परायसंग माया जालमा परेपछि पछुताउनु पर्दाको पिडा र रोदन अनि परिवार विचल्लीमा पर्दाको पिडा युक्त प्रेमले भरिएको भिडियोमा राजकुमार थापा, अञ्जली अधिकारी, स्वनिका बास्तोला र अजय तामाङले अभिनय गरेका छन् ।

बालकलाकारहरु तपस अधिकारी र आयुसी धमलाको समेत अभिनय रहेको भिडियोमा विमला तामाङको मेकअप, बुद्ध थापाको छायाँकन र विष्णु खड्काको सम्पादन रहेको छ ।

स्टुडियो ए प्लस मा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ साजन शाहले गरेका हुन् । भिडियो सफाल मोसन पिक्चर्सको प्रडक्सनमा निर्माण गरिएको हो ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर