- आन्छुमे नसान
माङसेबुङ । लोकप्रिय गायीका सीता सिंघक लिम्बू र लोकप्रिय गायक सन्जय निङलेकु लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक भाकाको गीत ‘के गर्छौ दोमन’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।
गीतकार एस. पी. निङलेकु लिम्बूको शव्दभावहरुमा संगीतकार बिबी लिम्बू र विपन तावा लिम्बूको संगीतमा सजिएको पुर्वेली लोक भाकाको गीत ‘के गर्छौ दोमन’को लिप्सिङ भिडियो गायक सन्जय निङलेकु अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
पदम राजन मगरको संगीत संयोजन रहेको गीत सङकरा डिजिटल स्टुडियोमा सागर पुनद्वारा रेकर्ड गरिएको हो भने मिक्सिङ कुमार सानु पुनले गरेका हुन् ।
घाँस दौरा, मेलापात, लेकवेसी, उकाली ओराली गर्दा, भञ्ज्याङ अनि चौतरीहरुमा गुञ्जीने लोक भाकामा प्रस्तुत गरिएको गीत साँच्चैनै मिठो भाका बनेको छ ।
भिडियो हेर्नुहोस