रिजनल वेष्ट सिंगर अवार्ड गायक जेपी नेम्बाङलाई - Mangsebung News
  • मङ्गलबार, कार्तिक ११, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रिजनल वेष्ट सिंगर अवार्ड गायक जेपी नेम्बाङलाई

काठमाण्डौं । लोकप्रिय गायक तथा संगीतकार जेपी नेम्बाङ ‘रिजनल वेष्ट सिंगर अवार्ड सालैजो २०७७’ बाट सम्मानित भएका छन् ।

मंगलबार काठमाण्डौको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न नेपाल म्यूजिक एण्ड फेसन अवार्ड २०७७ मा गायक नेम्बाङले ‘माया जोख्ने के होला’ गीतबाट ‘रिजनल वेष्ट सिंगर अवार्ड सालैजो २०७७’ को उपाधि बाट सम्मानित भएका हुन् ।

गायक नेम्बाङले (सुपारी काँचो) सन्तु लामा, (लाइदेउन माया) उमेश घर्तीमगर, (बुकी फुल) रेशम गुरङ, (बर्खाको सिमसिमे पानी) जलन पाख्रिन र (कान्छी) भुपेन्द्र गुरुङलाई पछि पर्दै अवार्ड जितेको हो ।

शशि गुरुङ वाङदेलको शव्द तथा संगीतमा सजिएको उमेश गुरुङको निर्देशन रहेको भिडियो जेपी नेम्बाङ अफिसियल युट्यूव चयान्लबाट सार्वजनिक गरिएको छ ।

गायीका मेलिना राई र जेपी नेम्बाङको आवाज रहेको गीतको भिडियोमा निरञ्जली लामा र आनन्द गुरुङको दमदार अभिनय रहेको छ भने मधुर वस्नेत र धना गुरुङको छायाँकन तथा सुजन साहीको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर