डि.बी. र नन्दमायाको आवाजमा ‘कठैबरी’ पालाम सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

डि.बी. र नन्दमायाको आवाजमा ‘कठैबरी’ पालाम सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायक डि.बी. जबेगु लिम्बू र नन्दमाया थक्लुङ लिम्बूको सुमधुर आवाजमा सजिएको पालाम ‘कठैबरी’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

निर्देशक बिष्णु मोक्तानको निर्देशनमा नन्दमाया थक्लुङ र डि.बी. जबेगु शव्द संकलन रहेको पालाम ‘कठैबरी’ मेन्छ्यायेम दर्पण युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

पुर्ण कुमारी पाङ्मा र धन प्रसाद साँबाको समेत आवाज रहेको पालाम भिडियोलाई धनमाया पाङ्माको बिशेष पहलमा निर्माण गरिएको प्रदिप नयोङले वताए ।

पालाम भिडियोमा डिबि जबेगु, मदन वनेम, बिनु तुम्बाहाङ्फे, नन्द माया थक्लुङ, टार कान्छा जबेगु, चन्द्र हुक्पाचोङ्वाङ, बिष्णु कुमारी आङ्बुहाङ, तिर्थ मादेम्बा, सानू थक्लुङ, प्रदिप नयोङ, धनकुमारी पाङ्मा, मिना मादेम्मा, राजेश इवाहाङ, पुर्ण कुमारी पाङ्मा र निस्चल राई लगायतले अभिनय गरेका छन् ।

लिम्बुहरुमा निक्कै चर्चित र पुरानो मानिने फेदापे भाकामा सजिएको कृष्ण सुवेदी र अशोक मण्डल मेकअप रहेको पालामको छायाँकन तथा सम्पादन सिरकुमार राईले गरेका हुन् ।

म्यूजिक मिडिया धरानमा रेकर्डिङ गरिएको पालमलाई विजय श्रेष्ठले रेकर्डिङ गरेका हुन् ।

पालाम हेर्नुहोस

सम्बन्धित खवर