- आन्छुमे नसान
माङसेबुङ । ‘आमा’ गीतको अपार सफलतापछि लोकप्रिय गायक, गीतकार तथा संगीतकार सुजन तिगेला लिम्बूको आवाजमा सजिएको आमा प्रति समर्पित गीत ‘आमा–२’ भिडियो युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।
निर्देशक किरण चाम्लीङ राईको निर्देशनमा गायक सुजन तिगेला लिम्बूकै शव्द तथा संगीतमा सजिएको गीत ‘आमा–२’ भिडियो सुजन तिगेलाको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
सोनाहाङ चाम्लिङ राई (हाङग्स)को छायाँकन तथा अनिल रानाको सम्पादन रहेको भिडियोमा सुजन तिगेला लिम्बू, पशुपति राई, अन्जु देउजा र मनिस लिम्बूको अभिनय रहेको छ ।
संजीव वराईलीको संगीत संयोजन रहेको गीतलाई ए वान म्यूजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्डिङ गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ किसोर थापाले गरेका हुन् ।
ग्रीष्मा सिलवालको मेकअप तथा प्रयास वान्तावा राइृको आर्ट र प्रडक्सन रहेको थैली इन्टरटेन्टमेनटको पोष्ट प्रडक्सनमा निर्माण गरिएको भिडियोमा आइतरानी फाउण्डेशनको प्रडक्सन रहेको छ ।
यस अघि गायक, गीतकार तथा संगीतकार सुजन तिगेला लिम्बूको शव्द तथा संगीतमा सजिएको गीत मनिस लिम्बूको आवाजमा सार्वजनिक गरिएको थियो ।
भिडियो हेर्नुहोस