माङसेबुङ । निर्देशनमा व्यस्त रहँदै आएका निर्देशक लोकेन साँवा लिम्बूको निर्देशनमा निर्माण गरिएको नयाँ लिम्बु पालाम ‘साक्थिम’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।
निर्देशक लोकेन साँवा लिम्बूकै शब्दसंकलनमा गायक सुमन लिम्बूको लय संकलन रहेको पालाम ‘साक्थिम’ सेवालुङ युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
अशोक लोहरुङ राईको संगीत संयोजन रहेको पालाममा सुमन लिम्बू, निरन्ता नेम्बाङ, दिवस पयाँगू, दीपा सुहाङ, भीमसागर मादेम्बा, रोजिना थेगिम, शम्भू फोम्बो, सिर्जना जबेगुले आवाज रहेको छ ।
केःसाङ्ला प्रदर्शन समिति, काठमाडौंले निर्माण संयोजन गरेको भिडियोमा भीम तुम्बाहाम्फे, बिमला खजुम, सलमान थलङ, मन्जु आङ्देम्बे, मोहन थेबे, सनम पयाँगू, मनु थक्लुङ लिम्बू, पूर्ण सेत्लिङ, सुक्मिता केरुङ, शम्सेर तुम्बाहाम्फे, सनी बेघा, शारदा राई, प्रज्ञा इजम, निर्मल लिवाङ, रुथ लिम्बू लगायतले अभिनय गरेका छन् ।
अरुण बरुण न्यौपाने र लोकेनकै छायाँकन तथा विकाश दाहालको सम्पादन रहेको भिडियोमा बिमला तामाङको मेकअप रहेको छ ।
पालाम हेर्नुहोस