सुनिता थेगिमको आवाजमा ‘आँखा मा आउने सपनी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिता थेगिमको आवाजमा ‘आँखा मा आउने सपनी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । पछिल्लो समय बच्चा देखि वुढापाकासम्म सबैले रुचाएको लोकप्रिय गायीका सुनिता थेगिम लिम्बूको सुमधुर आवाजमा सजिएको गीत ‘आँखा मा आउने सपनी’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

एकदेव लिम्बू र वियोण्डको शव्द तथा संगीतमा सजिएको मेल भर्जनमा एकदेवको आवाजमा थुपै्र चर्चा बटुलेको गीत ‘आँखा मा आउने सपनी’ केन्द्र मोसन्स पिक्चर्स अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

निर्देशक शान थापाको निर्देशनमा अर्जुन तिवारीको डिआपी र बुद्ध थापाको सिनेमाटोग्राफर रहेको केन्द्र मोसन्स पिक्चर्सको निर्माणमा बनेको धेरै रुचाइएको प्रेम र रोमान्सले भरिएको भिडियोमा पल शाह र मलिका महतले अभिनय गरेका छन् ।

केन्द्र लिम्बू र अर्विन पोमु लिम्बूको निर्माता रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन तथा कलरिङ र निसुम नेम्बाङ सुव्वाको मेकअप रहेको छ भने, प्रडक्सन मेनेजर बिशाल कार्की रहेका छन् ।

कलेज जीवनमा हुने युवा युवती विचको प्रेम र आकर्षणलाई आकर्षक ढंगले प्रस्तुत गरिएको भिडियोमा सहायक छायाँकार मनोज पौड्याल, सहायक सम्पादन विवेक सुनार र सहायक निर्देशक राजिव समर रहेका छन् ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर