- आन्छुमे नसान
माङसेबुङ । एक पछि अर्को गीत पस्किरहेका लोकप्रिय गायीका थोकफेला लिङदेन र सिक्किमेली गायक सन्चमान ताम्लीङ लिम्बूको आवाजमा सजिएको रोमान्टिक लिम्बू गीत ‘मुयेङसा फुङिन्’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।
गीतकार मनाहाङ खाम्दाकको शव्दभावहरुमा सन्चमान ताम्लीङको संगीतमा सजिएको बिल्कुलै नयाँ रोमान्टिक लिम्बू गीत ‘मुयेङसा फुङिन्’ सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङ र मनोज साङसोन राई रेकर्डिङ रहेको गीतको लिप्सिङ भिडियोलाई सिक्किममा सन्तोष सावदेन र नेपालमा भने कृष्ण थलङले छायाँकन तथा सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस