बिकास लिम्बू र पारु राईको ‘तिम्रो तृष्णा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिकास लिम्बू र पारु राईको ‘तिम्रो तृष्णा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । द भ्वाईस अफ नेपाल सिजन २ का फाइनलिष्ट बिकास लिम्बू र बेलायतमा रहेकी गायीका पारु राईको सुमधुर आवजमा सजिएको गीत ‘तिम्रो तृष्णा’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

गायीका तथा गीतकार पारु राईको शव्दभावहरुमा लोकप्रिय संगीतकार तारा प्रकाश लिम्बूको संगीतमा सजिएको गीत ‘तिम्रो तृष्णा’ गायक बिकास लिम्बूको अफिसियल युट्यूव च्यानलमार्फत मार्फत सार्वजनिक गरिएको हो ।

निर्देशक कुशल श्रेष्ठको निर्देशनमा बेलायतमा कुशल श्रेष्ठको छायाँकन र नेपालमा योगेश दहालको छायाँकन रहेको भिडियोमा पारु राई, मण्डल थेबे, बिकास लिम्बू र ब्रिक्षा लिम्बूको अभिनय रहेको छ ।

सविन लिम्बूको संगीत संयोजन रहेको गीतलाई एकष्टिक स्टुडियो नेपाल र नेपाल प्लाटफर्म रकेर्डिङ स्टुडियो बेलायतमा रेकर्डिङ गरिएको हो ।

बिदेशमा रहेको दिदी र स्वदेशमा रहेको भाईको सम्बन्ध र माया प्रेमलाई प्रस्तुत गरिएको भिडियोमा सहायक छायाँकन आशिस श्रेष्ठ, मेकअप विपना गुरुङ, कलरिङ नविन निरौला, परिकल्पना पारु राई र सुष्मा राईको रहेको छ भने सम्पादन कुशल श्रेष्ठले गरेका हुन् ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर