काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री ओलीले मन्त्रीहरूमा पुरानै अनुहार दोहो¥याएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहका बीच प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।
यसैगरि प्रधानमन्त्री ओलीसंगै उनका मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
गठबन्धन सरकारका लागि दिएको समयसीमा घर्किएपछि हिजो राति अबेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।
उप्रपधान तथा प्रधानमन्त्री कार्यालयमा ईश्वर पोखरेल, गृहमा रामबहादुर थापा बादल, उर्जामा टोपबहादुर रायमाझी, अर्थमा विष्णु पौडेल, परराष्ट्रमा प्रदिप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामा हृदयेश त्रिपाठी, उद्योग, बाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, शिक्षामा कृष्णगोपाल श्रेष्ठ, सहरी विकासमा प्रभु साह, पर्यटनमा भानभुक्त ढकाल, खानेपानीमा मणिचन्द्र थापा र कृषिमा पद्मा अर्याल नियुक्त भएका छन् ।
यसगरि भौतिक पूर्वाधार तथा यातायातमा बसन्त नेम्वाङ, श्रम, रोजगारमा गौरीशंकर चौधरी, सञ्चारमा पार्वत गुरुङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा शिवमाया तुम्बाहाम्फे, कानूनमा लिलानाथ श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासनमा गणेशसिंह ठगुन्ना, वनमा प्रेमबहादुर आले, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा जुलीकुमारी महतो र युवा तथा खेलकुदमा दावा लामा तामाङ नियुक्त भएका छन् ।