सुनिता थेगिमको ‘हिजो मेरो फोटोहरुले’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिता थेगिमको ‘हिजो मेरो फोटोहरुले’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । पछिल्लो समय दर्शक स्रोताहरुका मनमा छाउन सफल लोकप्रिय गयीका सुनिता थेगिम लिम्बूको सुमधुर आवाजमा सजिएको मर्मस्पर्शि गीत ‘हिजो मेरो फोटोहरुले’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

गीतकार सौरभ तामाङको शव्दभावहरुमा गायक तथा संगीतकार आइन्द्र नेम्बाङको संगीतमा सजिएको गीत ‘हिजो मेरो फोटोहरुले’ लिरिकल भिडियो गायीका सुनिता थेगिमको अफिसियल युट्यूवमार्फत सार्वजनिक गरिएको हो ।

अशोक थापाको संगीत संयोजन तथा मुस्कान मुकारुङ राईको मिक्सिङ तथा मास्टरिङ रहेको गीत सेवा र किङग रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

इसाक जबेगुको छायाँकन तथा धिरेन तुम्वापोको सहायक छायाँकन रहेको भिडियोलाई इसाक जबेगुले नै सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर