भुपेन्द्र तुम्बाहाङफेको निर्देशनमा ‘नहेर तर्केर’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भुपेन्द्र तुम्बाहाङफेको निर्देशनमा ‘नहेर तर्केर’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । छायाँकनबाट ख्याति कमाए संगै निर्देशनमा समेत हात हालेका निर्देशक तथा छायाँकार भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छयाँकनमा पुर्वेली लोकभाकाको गीत ‘नहेर तर्केर’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

लोकप्रिय गायक नितेश राई तथा लोकप्रिय गायीका एलिना चौहानको सुमधुर स्वरमा सजिएको पुर्वेली गीत गीत ‘नहेर तर्केर’ भिडियो सेवालुङ च्यानल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतकार धनवीर विश्वकर्मको शव्दभावहरुमा गायक तथा संगीतकार नितेश राईको संगीतमा सजिएको भिडियोमा भिम तुम्बाहाङफे र बिमला खजुमले अभिनय गरेका छन् ।

टंक तिम्सिनाको संगीत संयोजनमा बिग परिवेश स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा सोम मगरातीको मेकअप, सोनाम लामाको आर्ट एण्ड प्रडक्सन रहेको छ ।

थैली इन्टरटेन्टमेन्टको प्रस्तुतिमा तयार पारिएको भिडियोमा देवराज सिग्देलको सहायक छायाँकन तथा अनिल रानाको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर