मुहिमको निर्देशनमा कृष्णभक्त र स्वस्तिकाको ‘तुलो तराजु’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुहिमको निर्देशनमा कृष्णभक्त र स्वस्तिकाको ‘तुलो तराजु’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । चर्चित गायक तथा संगीतकार कृष्ण भक्त राई र पछिल्लो पुस्तामा उदाएकी लोकप्रिय गायीका स्वस्तिका योङहाङ लिम्बूको सुमधुर आवाजमा सजिएको पुवेर्ली लोक भाकाको विल्कुलै नयाँ गीत ‘तुलो तराजु’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

निर्देशक तथा गीतकार बिक्रम योङहाङ ‘मुहिम’को निर्देशन तथा शव्द संकलनमा गायक तथा संगीतकार कृष्ण भक्त राईको लय संकलन रहेको पुर्वेली गीत ‘तुलो तराजु’ रेम्बो राइज मिडिया अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाश राई, सुमन पयान्गु, जोयोना नेङबाङ र भावना मगरको अभिनय रहेको भिडियोमा सुवास मेनान्बोको छायाँकन तथा विवेक सुनारको सम्पादन रहेको छ ।

कृष्ण भक्त राईको संगीत संयोजन रहेको गीको भिडियोमा तेज मगरको कोरियोग्राफी रहेको छ भने प्रज्वल पराजुलीको ड्रेस तथा सुप्रीम पराजुलीको कलर ग्रेडिङ रहेको छ ।

बिनायो कङकङको अपार सफलता पछि अर्को कोसेली स्वरुप सार्वजनिक गरिएको पुर्वी इलामको बिभिन्न ऐतिहासिक तथा रमणिय स्थलहरुमा छायाँकन गरिएको यस ‘तुलो तराजु’ गीत र भिडियोलाई धेरैले रुचाएका छन् ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर