कामचलाउ सरकारका प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठन - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कामचलाउ सरकारका प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

शुक्रबार ओली सरकारमा सहभागी १७ जनाले मन्त्री पदको सपथ लिएका छन् । राष्ट्रपति निवासमा शुक्रबार राति ८ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् ।

नयाँ मन्त्रिमण्डलमा जसपाका उपप्रधानमन्त्री राजेन्द्र महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । जसमा उर्जा, जलस्रोत तथा सिचाई मन्त्रीमा शरदसिंह भण्डारी, खानेपानी मन्त्री अनिलकुमार झा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लक्ष्मणलाल कर्ण रहेका छन् ।

यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया वन तथा वातावरण मन्त्री बन्दा चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियाले युवा तथा खेलकुद मन्त्रालय पाएका छन् ।

त्यसैगरि सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् । राज्यमन्त्रीमा जसपाबाट चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका नियुक्त भएकी छन् ।

यस्तो छ मन्त्रीपरिषद्को कार्यविभाजन

प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह, सञ्चार, पर्यटन, उद्योग वाणिज्य, कृषि, र सामान्य प्रशासन मन्त्रालय

विष्णु पौडेल : उपप्रधान तथा अर्थमन्त्री

राजेन्द्र महतो : उपप्रधान तथा शहरी विकास मन्त्री

रघुवीर महासेठ : उपप्रधान तथा परराष्ट्रमन्त्री

कृष्णगोपाल श्रेष्ठ : शिक्षामन्त्री

शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री

शरतसिंह भण्डारी : ऊर्जा मन्त्री

लीलानाथ श्रेष्ठ : कानून न्याय तथा संसदीय मामिलामन्त्री

बसन्तकुमार नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री

लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था मन्त्री

अनिल झा : खानेपानी तथा सरसफाई मन्त्री

विमल श्रीवास्तव : श्रम तथा रोजगार मन्त्री

उमाशंकर अरगरिया : वन तथा वातावरण मन्त्री

चन्दा चौधरी : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

एकवाल मियाँ : युवा तथा खेलकुद मन्त्री

चन्द्रकान्त चौधरी : ऊर्जा राज्यमन्त्री

रेणुका गुरुङ : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री

 

 

 

सम्बन्धित खवर