प्रधानमन्त्री ओलीलद्वारा मन्त्रिपरिषदमा पूर्णता, नवनियुक्त मन्त्रीहरूले लिए सपथ - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रधानमन्त्री ओलीलद्वारा मन्त्रिपरिषदमा पूर्णता, नवनियुक्त मन्त्रीहरूले लिए सपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्री ओलीले सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

यसैगरि जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएका छन् । यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

यसैगरि नवनियुक्त सात मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका छन् । राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह नवनियुक्त मन्त्रीहरूलाई सपथ खुवाएकी हुन् ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका छन् । २०७४ मा कास्कीबाट निर्वाचित खगराज सुरुमा एमाले संसदीय दलको सचेतक र केही समय प्रमुख सचेतक रहेका थिए ।

यसरीनै विस्तारित मन्त्रिपरिषद्मा नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बनेकी छन् । महिला आयोगको अध्यक्ष भइसकेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन् । तर पूर्व माओवादी कोटाबाट दुई मन्त्री बनाउँदा नैनकला सञ्चारमन्त्री बनेकी छन् ।

यस्तै एमालेबाट नारदमुनी राना वनमन्त्री भएका छन् भने एमालेबाटै गशेण पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । एमाले नेता मोहन वानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ भने पूर्व माओवादी केन्द्र खेमाबाट ज्वालाकुमारी साह कृषिमन्त्री बनेकी छन् ।

यस्तै जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादव उद्योगमन्त्री बनेका छन् । जसपाको ठाकुर पक्ष ७ जेठमा ८ मन्त्री र दुई राज्यमन्त्री लिएर सरकारमा गएको थियो । यसैगरि एमालेकी आशा विक वनराज्यमन्त्री बनेकी छन् ।

२५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री भएका छन् । (सुचि हेर्नुहोस)

सम्बन्धित खवर