जसपाले पार्टीबाट निष्कासन ग¥यो सरकारमा सहभागी ठाकुर पक्षका ९ जनालाई - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जसपाले पार्टीबाट निष्कासन ग¥यो सरकारमा सहभागी ठाकुर पक्षका ९ जनालाई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी ओली नेतृत्वको सरकारमा सहभागी महन्थ–यादव पक्षका ९ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

बिहीबार बसेको जसपा नेपालको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षीय कार्यकारिणी समितिको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा गएमा महन्थ यादव पक्षका ९ जना नेतालाई पार्टीबाट निष्कासन गरेको हो ।

ओली सरकारमा गएका राजेन्द्र महतोसहितका नेताहरूलाई पार्टीबाट निष्कासन गरेको उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले बताए ।

यसैगरि दुई अध्यक्षबीच आधिकारिकता विवादमा परेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले सशरीर निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ ।

५१ सदस्सीय कार्यकारिणी समितिका ३० सदस्य उपस्थित यादव पक्षको बैठकले आधिकारिकता दावी गर्न आयोगमा उपस्थित हुने निर्णय गरेको हो ।

सम्बन्धित खवर