गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् ।

आज (शुक्रबार) गण्डकी प्रदेशसभामा विश्वासको मतमाथिको प्रस्तावमाथि भएको मतदानमा उनले ३१ मत प्राप्त गरे । जुन सरकार बनाउन आवश्यक मतभन्दा १ मतले बढी हो ।

५८ सांसद्ले मतदान गरेकामा नेकपा एमालेका २७ सांसद्ले भने विपक्षमा मतदान गरेका थिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलले नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी (जसपा) र स्वतन्त्र सांसद् राजीव गुरुङ‘दीपक मनाङे’को समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार नियुक्त संयुक्त सरकारको मुख्यमन्त्री, उपधारा (३) अनुसार नियुक्त अल्पमतको मुख्यमन्त्री र उपधारा (५) अनुसार विश्वासको मत प्राप्त गर्ने आधार पेश गरी नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

सम्बन्धित खवर