- आन्छुमे नसान
माङसेबुङ । उदयीमान बाल गायिका शिक्षा लिम्बूको सुमधुर आवाजमा सजिएको मर्मस्पर्शि गीत ‘आगो पिएर बाँच्ने’ किड भर्जन युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।
यस गीतको ओर्जिनल स्वर भने लक्ष्मी सृजन बजगाइँको रहेको छ । बाल गायिका शिक्षा लिम्बूले आफ्नो पहिलो गीत स्वरुप यस गीतलाई कभरको रुपमा रेकर्ड गराएकी हुन् ।
यसगीतलाई यसअघि मेल भर्जनमा लोकप्रिय गायक प्रशान्त तामाङ र फिमेल भर्जनमा लोकप्रिय गायीका दीपा सुहाङको स्वरमा पनि रेकर्ड गरिएको थियो ।
लोकप्रिय गीतकार जिवनाथ धमलाको शव्दभावहरुमा ख्यातीप्राप्त संगीतकार नारयण रायमाझीको संगीतमा सजिएको गीतको ‘आगो पिएर बाँच्ने’ फिमेल भर्जन रीमा इन्टरटेन्टमेन्ट युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
रीमा स्टुडियोमा रेकर्डिङ गरिएको मनोज खड्का को संगीत संयोजनमा श्याम श्वेत रसाईलीको मिक्सिङ रहेको गितको वास्तविक गायक भने लक्ष्मी सृजन बजगाई हुन ।
रीमा फिल्मस्को पोस्ट प्रडक्सनमा विरमा खड्काको मेकअप रहेको भिडियोको छायाँकन, सम्पादन तथा कलर भने मिराज अर्यालले गरेका हुन् ।
भिडियो हेर्नुहोस