जेपी नेम्बाङको आवाजमा ‘छुईया’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जेपी नेम्बाङको आवाजमा ‘छुईया’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । पछिल्लो समय देशबिदेशका दर्शक, स्रोतामाझ छाईरहेका लोकप्रिय गायक तथा संगीतकार जेपी नेम्बाङको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाको रोमान्टिक गीत ‘छुईया’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

लोकप्रिय गीतकार, संगीतकार तथा गायक यादन सेर्मा ‘नुनाम’को शव्द तथा संगीतमा साथै सजिएको गायक जेपी नेम्बाङको सोलो गीति एल्वम ‘मेरिङ’ मा संग्रहित ‘छुईया’ को लिप्सिङ भिडियो गायक जेपी नेम्बाङको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

हावा, बतास, खोला नाला, आकाश धर्ति, जुन तारासँगको प्रेमिल संबाद अनि आत्मियताको बुई चढ्दै मायालुलाई सुन्दर प्रकृति भन्दा पनि सुन्दर छौ भनि पालम अनि पकन्दि खेल्दै लैजाने इच्छा व्यक्त गरिएको प्रेमिल गीतको लिप्सिङ भिडियोलाई कृष्ण थलङ लिम्बूले छायाँकन तथा सम्पादन गरेका हुन ।

श्याम लिम्बूको संगीत संयोजन तथा साङकेन राईको मेकअप रहेको रहेको गीत भने कोरोनाका कारण लकडाउनको समयमा घरभित्र थुनिएर बसिरहेका स्वदेश तथा बिदेशका आफ्ना मायालु दर्शक स्रोताहरुको माया अनि सम्झना स्वरुप मनोरञ्जन प्रदान गर्ने हेतुले सार्वजनिक गरिएको गायक तथा संगीतकार जेपी नेम्बाङले बताए ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर