झुटा मुद्दा लगाई पक्राउ परेका नेताहरुलाई बिनासर्त रिहाइ गर्न लिम्बुवानको माग - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झुटा मुद्दा लगाई पक्राउ परेका नेताहरुलाई बिनासर्त रिहाइ गर्न लिम्बुवानको माग

ताप्लेजुङ् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङ्ले झुटा मुद्दा लगाई पक्राउ परेका नेता कार्यकर्ताहरुलाई बिनासर्त रिहाइको माग गरेको छ ।

गत सोमबार ताप्लेजुङको आठराईत्रिवेणी गाउँपालिका १ स्थित परमसिंह माविमा भएको सामान्य वादविवादलाई लिएर पक्राउ परेका मञ्चका प्रान्तीय सचिवालय सदस्य नविन पोमू, जिल्ला सदस्य तथा निर्वाचित वडा सदस्य मल्लराज पोमू, जिल्ला सदस्य अजय पोमू लगायत स्थानीय मजदुरहरु पक्राउ परेकोमा रिहाईको माग गरेको हो ।

आज (विहिबार) मञ्चको जिल्ला समितिले विज्ञप्ति जारी गर्दै गाउँपालिकाका कर्मचारीहरुको तर्फबाट जारी गरेको विज्ञप्ति साथै मंगलबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ्मा बुझाईएको भनिएको ज्ञापनपत्रमा सो स्कुलमा निर्माण कार्य भईरहेको भवन अनुगमन गर्न जाने क्रममा इन्जिनियर र सव इन्जिनियर माथि कुटपिट गरि ज्यानमार्ने उद्योग गरेको भन्ने आरोप झुठो र कपोकल्पित भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा मञ्चले कर्मचारीहरुको पहिचान नखुलाई किर्ते हस्ताक्षर प्रयोग गरि स्थानीय सरकार, केही राजनीतिक दलले राजनीतिक प्रतिशोध साँध्न नेताहरुमाथि झुठो मुद्दा लगाईएको प्रति भत्र्सना गरेको छ ।

‘घटना घटेकै दिन पिढित भनिएका द्वय कर्मचारीहरु स्वयमले सामान्य वादविवाद भएकोमा मेलमिलाप गर्न खोजेको तर यसै विवादलाई अझ अतिरन्जित गरेको प्रति मञ्चले आपत्ती जनाएको हो ।’ –मञ्चका जिल्ला सचिव असोक मादेनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर