मन्त्रीहरूको जिम्मेवारी हेरफेर, बसन्त नेम्बाङलाई सञ्चार मन्त्रालयको जिम्मा - Mangsebung News
  • शुक्रबार, बैशाख २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मन्त्रीहरूको जिम्मेवारी हेरफेर, बसन्त नेम्बाङलाई सञ्चार मन्त्रालयको जिम्मा

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेकि छन् ।

प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफ्नै मातहतमा राख्दै विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसैगरि मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै, मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सम्बन्धित खवर