निर्वाचन आयोगले बोलायो सनाखतका लागि जसपाका कार्यकारिणी सदस्यहरूलाई - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निर्वाचन आयोगले बोलायो सनाखतका लागि जसपाका कार्यकारिणी सदस्यहरूलाई

काठमाडौं । निर्वाचन आयोगले सनाखतका लागि स्वयं उपस्थित हुन जसपाका कार्यकारिणी सदस्यहरूको नाममा आदेश जारी गरेको छ ।

बिहीबार आयोगले गठन गरेको इजलासमा भएको सुनुवाइ पछि, जसपाको विवाद निरुपणका लागि आयोगले यस्तो आदेश गरेको हो ।

जनता समाजवादी पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवपक्षबीच विवाद बढ्दै गएपछि यादव पक्षले पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

विवादका सन्दर्भमा अन्तिम फैसला सुनाउनुअघि नागरिकताको प्रमाणपत्रको प्रतिलिपी वा मतदाता परिचय पत्रको प्रतिलिपीसहित साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थित हुन भनेको हो ।

यसअघि आइतबार बहस गर्दै आयोगले जसपाको दुवैपक्षलाई आधिकारिक कागजात बुझाउन भनेको थियो।

कार्यकारिणी सदस्यहरुको सनाखत गरेपछि आयोगले अन्तिम फैसला सुनाउने छ । महन्थ ठाकुर पक्षले गरेको गत पुस ७ गते गरेको कार्यकारिणी समिति हेरफेर भने आयोगले मान्यता दिएन । जसपाको केन्द्रीय कारिणी समितिको वहुमत उपेन्द्र पक्षको दावी छ ।

जसपाले निर्वाचन आयोगमा केन्द्रीय समितिको रुपमा ५१ सदस्यीय कार्यकारिणी समिति दर्ता छ ।

सम्बन्धित खवर